21 July 2025 · Nepal Bhoomi

नयाँ मौद्रिक नीतिले ब्याजदर घटाउँदै घर कर्जाको सीमा ३० लाख पुर्याएको छ र पहिलोपटक घर किन्नेलाई ८०% सम्म कर्जा दिने व्यवस्था गरेको छ।
काठमाडौं, साउन २८ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै घरजग्गा, सेयर बजार, व्यवसाय र कृषि क्षेत्रमा लगानीलाई प्रोत्साहन दिने उद्देश्यले थुप्रै सुधार ल्याएको छ।
• नीति दर: ५% बाट घटाएर ४.५%।
• बैंक दर: ६.५% बाट ६%।
• निक्षेप दर: ३% बाट २.७५%।
ब्याजदर घटेसँगै अब बैंकबाट कर्जा लिन सजिलो हुनेछ, कर्जाको लागत कम हुनेछ, र व्यवसाय वा घर किन्ने योजना बनाएका व्यक्तिहरूलाई सहज हुनेछ।
• घर किन्ने कर्जाको सीमा २० लाखबाट बढाएर ३० लाख।
• पहिलोपटक घर किन्नेलाई सम्पत्तिको ८०% सम्म कर्जा लिन पाउने व्यवस्था (पहिले ७०%)।
• जग्गा र सम्पत्ति किन्न पनि अब मूल्यको ७०% सम्म कर्जा लिन सकिने, जुन पहिले ५०% थियो।
सेयर धितो कर्जाको सीमा १५ करोडबाट २५ करोड पुर्याइयो। यसले सेयर बजारमा लगानी बढाउने र बजारलाई सक्रिय बनाउने अपेक्षा गरिएको छ।
• अब फाइनान्स कम्पनीहरूले आफ्नै पूँजीको १५ गुणाभन्दा बढी निक्षेप सङ्कलन गर्न पाउने।
• सूक्ष्म वित्त संस्थाहरूले १५% भन्दा बढी लाभांश दिन सक्ने।
• बैंक तथा वित्तीय संस्थाहरूले गैर-बैंकिङ सम्पत्तिबाट पूँजी जुटाउन पाउने, तर २ वर्षभित्र बिक्री गर्नुपर्ने।
• नयाँ 'Asset Management Company' स्थापना गर्न कानुन निर्माणको प्रक्रिया अघि बढाइने।
• मध्यपहाडी र पोस्टल राजमार्ग क्षेत्रमा रहेका व्यवसायका लागि बेस रेट + २% मा सस्तो कर्जा।
• रु १० लाखसम्मको कृषि वा व्यवसाय कर्जा बैंकहरूले आफै मूल्याङ्कन गरेर दिन सक्ने।
• विदेश जाने युवाले रु ३ लाखसम्म र महिलाले रु ५ लाखसम्म बिना धितो कर्जा लिन सक्ने।
नयाँ मौद्रिक नीति घर बनाउने, सेयर बजारमा लगानी गर्ने, व्यवसाय सुरु गर्ने र कृषिमा सक्रिय हुने सबैका लागि सकारात्मक संकेत हो। ब्याजदर घटेर आर्थिक गतिविधिमा गति आउने, कर्जाको पहुँच बढ्ने, र वित्तीय बजार बलियो हुने अपेक्षा गरिएको छ।
Nepal Bhoomi Real Estate · Lazimpat, Kathmandu, Opposite Image Channel building · +977 9818783518 · info@nepalbhoomi.com