23 October 2024 · Nepal Bhoomi

नेपाल भूमि रियलस्टेट र प्रतिष्ठित व्यवसायी रत्नकुमार प्रधानबीच पहेँलोपुल नजिकको व्यावसायिक भवन व्यवस्थापन गर्ने साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ।
काठमाडौँ — नेपाल भूमि रियलस्टेट र प्रतिष्ठित व्यवसायी रत्नकुमार प्रधानबीच व्यावसायिक भवन व्यवस्थापन गर्ने साझेदारी सम्झौता भएको छ। काठमाडौँको पहेँलोपुल नजिक रहेको भवनमा भएको सम्झौतामा नेपाल भूमि रियलस्टेटका तर्फबाट प्रबन्ध निर्देशक विक्रम लामा र प्रतिष्ठित व्यवसायी रत्नकुमार प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।
व्यवसाय विस्तार गर्ने उद्देश्यका साथ भएको साझेदारीले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न व्यवसाय सञ्चालन गर्न सहजता प्रदान गर्नेछ। यसले उक्त क्षेत्रको गरिमालाई मात्र माथि उठाउने नभई स्थानीय समुदायको आर्थिक विकासमा पनि योगदान पुर्याउने नेपाल भूमिका प्रबन्ध निर्देशक विक्रम लामाले बताउनुभयो।
नेपाल भूमि एक व्यवस्थापन कम्पनी रहेको र यसले व्यावसायिक भवनहरूको व्यवस्थापन गर्दै आएको जानकारी दिँदै लामाले कम्पनीले निकट भविष्यमा व्यवस्थापनलाई नयाँ उचाइमा पुर्याउने योजना रहेको बताउनुभयो।
सम्झौताले नेपाल भूमि रियलस्टेट र व्यवसायी प्रधानलाई एकीकृत रूपमा व्यावसायिक गतिविधिहरू सञ्चालन गर्न नयाँ अवसरहरू प्रदान गर्ने अपेक्षा गरिएको छ। यस सहकार्यले स्थानीय व्यवसायी र ग्राहकहरूका लागि फाइदाजनक र दीर्घकालीन आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
Nepal Bhoomi Real Estate · Lazimpat, Kathmandu, Opposite Image Channel building · +977 9818783518 · info@nepalbhoomi.com